फरार एकजना हत्या आरोपीलाई गाउँलेले पक्रेर प्रहरीलाई बुझाए

मधेशपाटी अनलाइन     २०७८ पुष १२, सोमबार ०७:३५ बजे मा प्रकासित


राैतहट । रौतहटको कटहरिया नगरक्षेत्रभित्र लामो समयदेखि फरार एकजना हत्याका आरोपीलाई गाउँलेले पक्राउ गरेर प्रहरीलाई बुझाएका छन् । कटहरिया १ भसेढवाकासन्दीप यादवको हत्याको आरोपमा फरार रहेका सोही वडा खोर टोलका ४० बर्षीय लक्ष्मी दास तत्मालाई गएराति गाउँलेले पक्राउ गरि प्रहरीलाई बिझाएका हुन् ।

 

सन्दीप यादवको हत्या गरेर फरार भएको आरोप लागेका दास आइतबार राति लुकिछिपी घरमा आउने बिशेष सूचनाको आधारमा गाउँलेहरु खोरटोलको छेउमा कुरेर बसेका थिए ।

गएराति ८ बजे मुख छोपेर मोटरसाइकलमा आएका हत्याका आरोपी दासलाई गाउँलेहरुले मोटरसाइकलसहित पक्राउ गरी सशस्त्र बेस क्याम्प पोखरभिण्डामा बुझाएका थिए । त्यसपछि लगत्तै सशस्त्र प्रहरीले उनलाई नेपाल प्रहरीलाई बुझाएको छ ।

 

प्रहरी चौकी हरिनगर पोखरभिण्डाका प्रमुख असई संजय यादवले घटनाको पुष्टि गर्दै पक्राउ परेका हत्याका आरोपी दासलाई राति नै ईलाका प्रहरी कार्यालय बिजयपुर पठाईएको जानकारी दिए ।

डेढ वर्षअघि आन्तरिक विवादको कारण सन्दीप यादवलाई कुटपिट गरि हत्या गरिएको थियो । हत्यामा संलग्न रहेका केही मानिस यसअघि पनि पक्राउ परेका छन् ।

प्रतिक्रिया





Top