जनकपुरधाम । सप्तरीकाे बरही बिरपुरमा एक महिलाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । छिनमस्ता गाउँपालिका वडा नम्बर १ बरही वीरपूरकी ५० वर्षीया भुटनीदेवी यादवको हत्या भएको हो ।
खेतमा फालिएको अवस्थामा भुटनीदेवीको शव फेला परेको बताइएको छ । खेतमा काम गर्न जाने क्रममा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरीका अनुसार बियरको बोतलले घाँटी रेटेर उनको हत्या भएको हो ।
हत्या कसले र किन गरेको विषयमा केहि खुल्न सकेका छैन । प्रहरीले घटना विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया