एक व्यवसायीकाे मृत्यु भएपछि , प्रहरीकाे जीपमा आगाे : नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार

न्यूज डेस्क     २०७८ पुष १३, मंगलवार ०६:२८ बजे मा प्रकासित


सर्लाही । प्रहरी गस्तीमा हिँडेकाे भ्यानकाे ठक्करबाट एक व्यवसायीकाे मृत्यु भएपछी आक्राेशित एक समूहले प्रहरीकाे जिपमा आगाे लगाईदिएकाे छ । प्रहरीले घटनास्थल नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरेकाे स्थानीयले बताएका छन् ।

आक्राेशित एक समूहले साेमबार दिउँसाे ईश्वरपुर नगरपालिका कार्यालय परिसरमा रहेकाे बा. १ झ ७४८२ नम्बरकाे ईलाका प्रहरी कार्यालय हरिपुरकाे जीपमा आगाे लगाईदिएकाे हाे । प्रहरी टाेलीले आगाे नियन्त्रणमा लिएपनि जीपकाे अधिकांश भाग जलेर नष्ट भएकाे छ । ईश्वरपुर नगरपालिका–७ मा ईलाका प्रहरी कार्यालय केशरगंजकाे गस्तीमा हिँडेकाे भ्यानले आईतबार राती ९ बजेतिर ठक्कर दिँदा ईश्वरपुर नगरपालिका–५ निवासी रामकुमार महतोको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाईते उनकाे उपचार गर्दागर्दै राती नै मलंगवा अस्पतालमा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

महताेले चलाएकाे ना. ४३ प ५०१८ नम्बरकाे माेटरसाईकल ट्रकलाई आेभरटेक गर्ने क्रममा प्रहरीकाे भ्यानमा आफै ठाेक्किएकाे जिल्ला प्रहरी कार्यालयकाे दाबी छ । तर प्रदर्शनकारीहरुले भने राती नै भएकाे घटना प्रहरीले लुकाएकाे आराेप लगाएका छन् । वार्तामा बसेका मृतक पक्ष अहिले बाहिरिएका छन् ।

घटनाकाे विराेधमा साेमबार बिहानैबाट स्थानीयबासी तथा व्यापारीहरुले बयलबास बजार बन्द गरेर ईलाका प्रहरी कार्यालय घेराउ एवं टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा सहभागीहरु मध्यकै एक समूहले नगरपालिका कार्यालयकाे कम्पाउण्ड भित्रै राखिएकाे प्रहरीकाे जीपमा आगजनी गरेका हुन् । प्रदर्शन बढ्दैगएपछि ईश्वरपुर प्रहरीलाई थप मद्दत गर्न ईलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक बेदबहादुर पाैडेल नेतृत्वकाे टाेली त्यता गएकाे थियाे । ईलाका प्रहरी कार्यालय केशरगंजकाे गेटमा सयाैंकाे संख्यामा प्रदर्शनकारी रहेकाले हरिपुरकाे टाेलीले नगरपालिका कार्यालयकाे कम्पाउण्ड भित्र आफ्नाे जीप राखेकाे थियाे ।

ईश्वरपुरमा साेमबार बिहानैदेखि ईलाका प्रहरी कार्यालय बरहथबाका प्रमुख प्रहरी नायब उपरीक्षक उमाशंकर यादव, जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी निरीक्षक कृष्ण गिरी लगायत नेतृत्वकाे टाेली समेत परिचालन गरिएकाे छ । त्यस्तै सशस्त्र प्रहरी बलकाे समेत दर्जनाैं सुरक्षाकर्मी खटाईएकाे छ ।

प्रतिक्रिया





Top