सिरहामा आज प्रशासनले लगायो कर्फ्यू

न्यूज डेस्क     २०७८ पुष १३, मंगलवार ०६:५४ बजे मा प्रकासित


जनकपुरधाम । सिरहामा आज (मंगलबार) देखि निषेधाज्ञा लगाउने निर्णय गरेको छ ।

जनमत पार्टीको आम हडताल, चक्काजामको कारणले आम सर्वसाधारणमा पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै सिरहा प्रशासनले मँगलबारदेखि लागुहुने गरी निषेधाज्ञा लगाउने सूचना जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सिरहाले एक सूचना जारी गर्दै भोली मँगलबार बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा लगाउने भएको छ । बुधबार पनि सोही निषेधाज्ञा दोहरिने जनाइएको छ ।

प्रशासनले पुस १३ र १४ गते गरी दुई दिन निषेधाज्ञा लगाउने निर्णय गरेको हो । सो निषेधाज्ञा अवधीभरि कुनै पनि सर्वसाधारणले समेत हिडडुल गर्न नपाउने सूचनामा उल्लेख गरिएको छ ।

सिरहा जिल्लाको दुई ठाउँको क्षेत्रभित्र निषेधाज्ञा अवधीभरि हिडडुल, सभा, सम्मेलन, राजनीतिक कार्यक्रम, भेला जस्ता कार्यक्रमहरु गर्न नपाउने उल्लेख सूचनामा गरिएको छ ।

सूचनामा उल्लेख भए अनुसार, सिरहाको पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तरदक्षिण ५०० मिटर सहित चोहर्बादेखि सिरहा जाने बाटोमा पिके राज ईन्टरप्राईजेजसम्म तथा सो मार्गको ५०० मिटर पूर्वपश्चिममा कुनै पनि गतिविध गर्न नपाउने भएको छ ।

सो सडकखण्डहरुमा प्रशासनको मोटो सँख्या तैनाथी रहनेछ भने सोही सडकखण्डमा यातायातको साधनहरु भने चल्ने सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जनाएका छन् ।

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मँगलबार र बुधबार सिरहाभरिमा चक्काजामको घोषणा गरे लगत्तै प्रशासनले निषेधाज्ञाको घोषणा गरेको हो ।

किसानको आन्दोलनमा ऐक्यबद्धता जनाएका जनमत पार्टीले पक्राउ गरिएको किसानहरुलाई रिहाईको माग गर्दै आन्दोलन थालेका छन् ।

प्रतिक्रिया





Top