रौतहट सहित तराई मधेशका जिल्लाहरुमा विस्तारै चिसो बढ्दै, सरकारले ध्यान नदिएको गुनासो

मधेशपाटी अनलाइन     २०७८ पुष १३, मंगलवार ०७:२९ बजे मा प्रकासित


रबिन्द्र प्रजापति, पुस १३ गते रौतहट ।

रौतहट सहित तराई मधेशका जिल्लाहरुमा विस्तारै चिसो बढन् थालेको छ ।
चिसो बढ्न थालेपछि रौतहटका मुसहर, माझी, डोम, दलित लगायतका समुदाय चिन्तित भएका छन् ।
सरकारले चिसोबाट बच्न अहिलेसम्म कुनै व्यवस्था नगरेको अर्थात न्यानो कपडा अझै वितरण नगरेको भन्दै बढ्दै गरेको चिसोले कसरी बच्ने भन्ने चिन्तामा उनिहरु परेका छन विपन्न परिवार गरिविका कारण चिसोले सबभन्दा बढी यी परिवारहरु नै प्रभावित हुने गर्छन ।
दिउँसो घाम लागेपनि विहान र बेलुका चिसो बढेपछि तराईका विपन्न परिवार समस्यामा पर्न थालेका छन । चिसो छल्न घुर बालेर आगो ताप्नेहरुको संख्या बढन थालेको छ । तराईका विपन्न बस्तीहरुमा यतिखेर ज्यान तताउन घुर बालेर ताप्नेको लहर नै देखिन्छ । तराई मधेसको जिल्लामा बढ्दै गरेको चिसोको कारण जनजीवन प्रभावित बन्ने देखिन्छ । चिसो बढेसँगै जिल्लाका सरकारी अस्पताल एवं स्वास्थ्य चौकीहरूमा बिरामीको चाप पनि उतिकै बढ्ने देखिएको छ । चिसोसँगै भाइरलज्वरोको प्रकोप बढ्ने सम्भावना रहन्छ । तराईका जिल्लामा न्यानो कपडाको अभावमा गरिब र विपन्न समुदायका ज्येष्ठ नागरिकहरूको बर्षेणी चिसोले कठ्यांग्रिएर मृत्यु हुने गरेको छ । बढ्दो चिसोका कारण स्वास्थ्य संस्थाहरूमा कोल्ड डाइरिया, ज्वरो, रुघाखोकी र स्वासप्रश्वासका बिरामीहरु ऋाउने क्रम विस्तारै बढन् थालेको चिकित्सिकहरु बताउँछन । चिसोबाट बच्न सरकारले समयमा न्यानो कपडाको व्यवस्था गर्न नसकेका कारण बर्षेणी तराईका गरिव एवं विपन्न समुदायका नागरिकहरु अकालमै ज्यान समेत गुमाउँदै आएका छन ।सरकारले अहिले तत्काल न्यानो कपडा र राहतको व्यवस्था नगरे जिल्लाका मुसहर, माझी, दलित लगायतका समुदाय चिसोको चपेटामा पर्ने निस्चित रहेको देखिएको छ ।त्यसैले सरकारले उनीहरूलाई चिसोको कहरबाट जोगाउन ज्यान छोप्ने न्यानो लुगा र ओढ्ने–ओछ्याउनेको प्रबन्ध गर्नुका साथै चिसोका कारण बिरामी पर्नेहरूलाई उचित उपचारको व्यवस्था मिलाउन जरूरी रहेको देखिन्छ ।तराईमा पुष माघ महिनामा चल्ने गरेको शीतलहर र विहान बेलुका लाग्ने गरेको बाक्लो हुस्सुका कारण यहाँको कारण जनजीवन अत्यन्त कष्टकर हुने गरेको छ ।तराईका जाडो पीडितलाई सरकारले चिसोबाट बच्न स्थायी उपाय सिकाएको छैन । समस्या झनै बढेर गएको छ । यी सबै प्रतिकूल परिस्थितिको मार खेप्न विवश भएका छन्, गरिब र विपन्न जनता ।तत्काल चिसोबाट जोगिन अस्थायी उपाय अपनाउनुको विकल्प छैन । सर्वप्रथम चिसोमा ओत लाग्न नसक्ने घरलाई शीत नचुहिने बनाएर पीडितका लागि लत्ताकपडा र खाद्यान्नसमेत व्यवस्था गर्नु जरूरी हुन्छ ।चिसोमा झोलयुक्त तातो परिकारले स्वास्थ्य स्थिति सहज हुन्छ । त्यसैले सरकारले जनप्रतिनिधिमार्फत दाल, गेडागुडीलगायत खाद्यान्न वितरण गर्नुपर्छ । चिसोको कहर सहन विवश जनताका लागि स्थायी उपाय खोज्नेतर्फ सरकारले गम्भीरतापूर्वक पहल गर्नु आवश्यक देखिएको छ ।

प्रतिक्रिया





Top