जन्ती बोकेको गाडी रौतहटमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु, चार जना घाईते

मधेशपाटी अनलाइन     २०७८ पुष १३, मंगलवार १८:०० बजे मा प्रकासित


रबिन्द्र प्रजापति, पुस १३ गते रौतहट ।

जन्ती बोकेको गाडी रौतहटमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो करिब सावा चारबजे चन्द्रपुर–गौर सडक खण्ड अन्तर्गत जन्ती बोकेको सवारी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

भारतीय बीआर ०५ पीए ६९५३ नम्बर प्लेटको रातो स्कारपियो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको र तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

मृत्यु हुनेमा १६ वर्षिय शेख नौसाद, २२ वार्षिय शेख शैनुल्लाह , ५५ वार्षिय मारूफ मिया अंसारी, २५ वर्षिय शेख छोटु रहेको र एक जनाको नाम अहिले खुलेको छैन् ।

दुर्घटनामा परेका ब्यक्तिहरुलाई उपचारको क्रममा ग्रान्डी अस्तालमा तीन जना , एक जनाको हेल्थ ल्यान्ड अस्पताल गरुडा र एक जना शिवदर्शण अस्पताल सुकदेव चौकमा मृत्यु भएको प्रहरीले जनाएको छ

सवारीमा नौ जना सवार थिए ।

प्रतिक्रिया





Top