आन्दोलन क्रममा पक्राउ गरिएका किसान जनमत पार्टीका नेता कार्यकर्ताहरु रिहा

न्यूज डेस्क     २०७८ पुष १३, मंगलवार २०:१३ बजे मा प्रकासित


जनकपुरधाम । आन्दोलनको क्रममा पक्राउ गरिएका सिरहाका किसान एवम् जनमत पार्टीका नेता कार्यकर्ताहरु रिहा भएका छन् ।

उनीहरुलाई आईतबार आन्दोलनको क्रममा प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको थियो । किसानहरुमा मिथिलेश यादव सहित किसानको तर्फबाट आन्दोलन गरेका जनमत पार्टीका नेता कार्यकर्ता समेत रिहा भएका छन् ।

Advertesment
सिरहाको औरही गाउँपालिकामा गत साताको मँगलबार किसानहरुको लागि आएको गहुँको बीउ किसानहरुले बिना प्रक्रियाकै लिएर गएपछि चार जना किसानमाथि गाउँपालिकाले उपद्रवको मुद्दा चलाएको थियो ।

सो क्रममा पक्राउ गरिएका किसान मिथिलेश यादवलाई डा. सिके राउत नेतृत्वको जनमत पार्टीले रिहाईको माग गर्दै आन्दोलन सुरु गरेको थियो ।

उनीहरुले किसानको लागि समयमा मल खाद्य र बीउ उपलब्ध हुनुपर्ने, सिँचाईको लागि निःशुल्क बिजुली हुनुपर्ने, पक्राउ गरिएका किसानहरुलाई बिना शर्त रिहा गर्नुपर्ने लगायतका ७ बुँदे माग राख्दै आन्दोलन थालेको थियो ।

सो क्रममा सिरहा जिल्लामा आईतबार गरेको चक्काजामको क्रमको केही सवारी साधनहरु तोडफोड सहित एक ट्रकमा आगजनी समेत गरिएको थियो । चक्काजामलाई उलघंन गरेको भन्दै उनीहरुले ट्रकमा आगो लगाएको थियो ।

त्यसपछि सिरहा जिल्ला प्रशासनले मँगलबार र बुधबार दुई दिनको लागि सिरहाको दुई ठाउँमा निषेधाज्ञा जारी गरेको थियो । तर, निषेधाज्ञालाई समेत तोडेर सिके राउतका कार्यकर्ताहरुले कोण सभा गर्न सफल भएको थियो ।

पक्राउ परेका किसान तथा जनमतका नेता कार्यकर्तालाई रिहाईको माग गर्दै आन्दोलन सुरु गरेको थियो । पार्टीले यसलाई किसानको तर्फबाट आन्दोलन सुरु गरेको थियो ।

जनमतका रामवृक्ष यादव, महेश यादव, हिरालाल यादव, बालेश्वर यादव, पटबारी ठाकुर, रुकेश साह लगायतका १८ जनालाई पक्राउ गरिएको थियो ।

प्रतिक्रिया





Top