रौतहटमा पिङ खेल्ने क्रममा एक जना बालकको मृत्यु

मधेशपाटी अनलाइन     २०७८ पुष १४, बुधबार ०६:१२ बजे मा प्रकासित



रबिन्द्र प्रजापति, पुस १४ गते रौतहट ।

रौतहटको कटहरियामा पिङ खेल्ने क्रममा एक जना बालकको मृत्यु भएको छ
जिल्लाको कटहरिया नगरपालिका वाड नं. ५ निवासी भुटा राय यादवको छोरा १२ वर्षको मुकेश यादवको पिङ खेल्ने क्रममा घाँटीमा पिङको डोरी बेरिएर मृत्यु भएको प्रहरीले जनाएको छ , कटहरिया नगरपालिका वाड नं. ५ मा रहेको श्री जनता माध्यमिक बिधालयमा विहान १० बजेको समयमा पठन पाठन गर्न गएका कक्षा ४ का अध्यनरत मुकेश यादव रहेका छन् ।
यादव मंगलबार अपरान्ह ३ बजेको समयमा कटहरियामा रहेको रामईश्वर चैरसियाको जग्गामा दशैंमा लगाएको पिङ खेली रहदा यादवको मृत्यु भएका ईलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी प्रमुख सई सुरेश गुप्ताले जनाएको छ
पिङ खेल्दा खेल्दै पिङको डोरीमा बेरिएको अवस्थामा स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
पिङ खेल्ने क्रममा घाँटीमा डोरी बेरेर यादव अचेत भएका थिए । तत्काल उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ केन्द्र कटहरियामा लगेपछि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । सो बालक लाई पोस्मारटमका लागि जिल्ला अस्पताल गौरमा पठाईएको सई गुप्ताले जनाएको छ ।

 

प्रतिक्रिया





Top