जनकपुरधाम । नेपालमा पश्चिमी वायुसँगै न्यूनचापीय प्रणालीको प्रभावले देशभरकौ मौसममा बदली आएको छ ।
जल तथा मौसम विज्ञान विभागले जारी गरेको सूचना अनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भ–भागका धेरै स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना देखिएको छ ।
साथै आज र भोली राजधानी सहित देशका पहाडी तथा तराईका केही भूभागमा फाटफुटदेखि हल्का वर्षाको समेत सम्भावना रहेको छ । अहिले तराई सहित देशभर छिटपुट बर्षा भइरहेको छ ।
आगामी दिनमा तापक्रममा गिरावट आई चिसो बढ्नसक्ने सम्भावना रहेको बताउँदै विभागले यस मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाईरयातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
प्रतिक्रिया