कृषि मन्त्री कतै भेटिए आन्दोलनकारी वा किसानलाई सम्पर्क गर्न आग्रह !

मधेशपाटी अनलाइन     २०७८ पुष १४, बुधबार १६:०७ बजे मा प्रकासित


जनकपुरधाम । सप्तरी, सिरहा, धनुषा, सर्लाही लगायत जिल्लाभर “कृषि मन्त्री कतै देखिए” प्रदर्शनकारी लाई सम्पर्क गर्न जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतको सचिवालयले अवाहन गरेका छन् ।

किसान आन्दोलनको क्रममा सिरहामा पक्राउ परेका किसान नेताहरु रिहा भएपनि किसानको माग पूरा नभएको, सरकारले मन्त्रीस्तरीय/उच्चस्तरीय वार्ता टोली गठन समेत नगरेको र आन्दोलित किसानको मुद्दा सुन्दै नसुनेकोले किसान आन्दोलन जारी रहेको जनमत पार्टीका अध्यक्ष डा. सेके राउतका सचिवालयले जनाए । साथै, विरोधीले फैलाएको भ्रममा नपर्न हुन उनको सचिवालयले आग्रह गरे ।

किसानहरू छट्पटिरहँदा र पूरा मधेश जलिरहँदा वार्ता टोली समेत गठन नगरी ” कृषि मन्त्री मोजमस्ती गर्दै हिँडेकोले कतै देखिएमा आन्दोलनकारीलाई खबर गरिदिनुहुन ” उनको सचिवालयले अनुरोध गरेको छ । बुधबार पुष१४ गते आज सप्तरी, सिरहा, धनुषा, सर्लाही ” कतै कृषि मन्त्री देखिए खबर गर्नुहोला ” भनेको जनाएको हो।

आज सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा जिल्लामा चक्काजामको घोषणा गरेको छ भने अन्य जिल्लाहरू मोरङ्ग, सुनसरी, महोत्तरी, पर्सा, नवलपरासी, रूपन्देही, बाँके र बर्दियामा समेत र्‍याली कार्यक्रम रहेको छ। यो घोषणा जिल्लागत आन्दोलन समितिहरूले गरेका हुन् ।

चक्काजामको उल्लघंन गर्नेलाई कारबाही भए सोको जिम्मेबार स्वयं हुनु पर्नेछ सचिवालयले जनाए ।

प्रतिक्रिया





Top