धनुषा : कमला नगरपालिकामा एक ताल्चा नखुल्दै पुनः कार्यालयमा अर्को ताला

मधेशपाटी अनलाइन     २०७८ पुष १५, बिहीबार ०७:४७ बजे मा प्रकासित


जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा निरन्तर विवादमै रहँदै आएको कार्यालयमा पुनः तालाबन्दी गरिएको छ ।

विहिबार दिउँसो कमला नगरपालिका मार्फत उपभोक्ता समितिको काम गरेका उपभोक्ता समितिहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो ।

उपभोक्ता समितिहरुले काम गरेको बाँकी बक्यौत्ता भुक्तानीको माग गर्दै तालाबन्दी गरेको हो । उनीहरुले गत आर्थिक वर्षमा नगरपालिका मार्फत काम गरेको धरौटी फिर्ता सहित बाँकी रहेको भुक्तानीको माग गर्दै तालाबन्दी गरेको हो ।

अन्य खर्चहरुको लागि चेक काटिने गरेको तथा आफूहरुको भुक्तानीको लागि रकम नै नरहेको प्रतिक्रिया दिएपछि उनीहरुले आक्रोसित भएर तालाबन्दी गरेको बताएका छन् ।

उपभोक्ता समितिहरुले आफूहरुको धरौटी रकम फिर्ता र बाँकी भुक्तानी नगरेसम्म ताला नखोल्ने चेतावनी दिएको हो । उनीहरुले नगरपालिकाको मुख्यद्धार सहित जिन्सी शाखामा समेत तालाबन्दी गरेको हो ।

यता, तालाबन्दी बारे नगर प्रमुख राम उदगार गोईतले अनभिज्ञता प्रकट गरे । उनले तालाबन्दी किन गरेको बारे आफूलाई थाहा नभएको बताए ।

नगर प्रमुख गोईतले आफू पार्टीको कार्यले बाहिर रहेको र नगरपालिकामा भएको तालाबन्दी बारे आफूलाई थाहा नभएको बताए । उनले भने,–“तपाईले अहिले फोन गर्दा तालाबन्दी भएको सुने, तर यथार्थ थाहा छैन ।”

निरन्तर विवादमै रहँदै आएको कमला नगरपालिका यसपाली मात्र विवादमुक्त चल्दै आएको थियो भने विहिबार तालाबन्दी हुँदा पुनः विवाद चुलिएको छ ।

विगत एक महिनादेखि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा पनि ताला लागेको हो ।

प्रतिक्रिया





Top