जनकपुरधाम । जनमत पार्टीको अध्यक्ष डा. सिकें राउतले अनिश्चितकालीन बन्दको घोषणा गरेको छ। बुधवार प्रेस विज्ञप्ती जारी गर्दै देशव्यापी अनिश्चितकालीन बन्द रहेने अवहान गरेको जनमत पार्टीको सचिवालयले जनाएको छ।
जनमत पार्टीको नेतृत्वमा विभिन्न जायज माग लिएर करिव एक हप्ता देखि किसानको पक्षमा आन्दोलन भईराखेको तर सरकारले हालसम्म पुर्ण बेवास्था नगरेकोले उक्त निर्णय गरेको हो।
किसानको माग अनुसार मन्त्रीस्तरीय/ उच्च स्तरीय वार्ता टोली गठन नगरेको, किसान आन्दोलनको ज्ञापन पत्र लिन समेत सरकारको कार्यालयले अस्वीकार गरेको,उल्टा आन्दोलनकारी माथि ब्यापक बल प्रयोग गरेको, दर्जनौं राउण्ड अश्रुग्याँस प्रहार गरेको, आन्दोलनकारीको अङ्गभङ्ग हुने गरी कुटपिट गरेको, किसान माथि ज्यादती गरेको तथा झुठा मुद्दा लगाएको र किसान आन्दोलनको ७ बुँदे माग मध्ये कुनै पनि पुरा नगरेको जनमत पार्टीले थप आन्दोलन कार्यक्रमको निर्णय गरेको हो।
कार्यक्रममा २०७८ पुष १५गते बिहीबार देखि तराई मधेशका जिल्लाहरुमा पूर्व पश्चिम राजमार्ग दिवा-कालको लागी अनिश्चितकालीन बन्द गर्ने र २०७८ पुष १५ गते बिहीबार देखि नै तराई मधेशका जिल्लाहरुमा संघीय मन्त्रीहरु उपस्थित रहने कार्यक्रममा बिरोध प्रदर्शन गर्ने जनमत पार्टीको केन्द्रीय सचिवालयले जनाएको छ।
किसान आन्दोलनलाई भब्य रुपमा सफल बनाउन सम्पूर्ण जनतालाई आब्हान गरेको डा.सिके राउतले बताए।
सिरहाको औरही गाँउपालिकाले गहुंको बीउ लुकटेको भन्दै चार जना किसानमाथि मुद्दा दर्ता गराएको र एक जनालाई प्रहरीले पक्राउ गरेपछि जनमत पार्टी आन्दोलित बनेको छ । आइतबार देखि सिरहामा आमहड्ताल गरेका उक्त पार्टीले अन्य मधेशका ६ जिल्लाभर चक्काजाम अहिले सम्म गर्दै आएको छ ।
किसान आन्दोलनको मागहरु पूरा नगरेसम्म जनमत पार्टीले आन्दोलन जारी राख्ने सरकारलाई चुनौती दिइरहेको छ।
प्रतिक्रिया