प्रहरीको आतंक – घर घरमा प्रवेश गरी महिला किसानहरू माथी लाठी चार्ज

मधेशपाटी अनलाइन     २०७८ पुष १६, शुक्रबार ०८:०२ बजे मा प्रकासित


मधेशपाटी,जनकपुरधाम । सप्तरी हनुमाननगर कंकालनी नगरपालिकामा किसानको घर-घरमा प्रवेश गरी महिला किसान हरू माथि नेपाली सुरक्षा निकायले निर्मम लाठी चार्ज गरेको छ । आधा दर्जन महिला किसान घाइते भएको छ ।

आज पौष १५ गते विहिवार डा. सी. के राउत नेतृत्व को जनमत पार्टी द्वारा किसान आन्दोलनको ज्याज मांग राखेर शान्तिपुर्ण आन्दोलन गर्दै पूर्व-पश्चिम राजमार्ग अवरूद्ध गरेर प्रदर्शन गरिरहेका महिला आन्दोलनकारी माथी पुरूष प्रहरीले बल प्रयोग गरि ज्यादती दादागिरी देखाउदै महिला आन्दोलनकारी लाई कुटेर टाउको फोडेर गम्भीर घाइते बेहोस बनाई दिएका छन ।


गम्भीर घाइते बेहोस भएको आन्दोलनकारी महिला रुवी शर्मा
अहिले गम्भीर घाइते भएको महिला आन्दोलनकारी लाई दुई जनालाई भारदह हॉस्पिटल मा भर्ना गरेको छ ।

हनुमाननगर कंकालनी नगरपालिका वडा नं १ भारदह बस्ने जनमत पार्टीको जिल्ला सदस्य भोगेन्द्र शर्मा ज्यु कि श्रीमती रुवी शर्मा लाई गम्भीर चोट लागेको छ टाउको फुटेको छ भने अर्को महिला आन्दोलनकारी कमला देवी राम हुनु हुन्छ दुवै महिला आन्दोलनकारी अहिले हॉस्पिटलमा भर्ना गरेको छ ।


गम्भीर चोट लागेको महिला आन्दोलनकारी कमला देवी राम

जनमत पार्टी महिला जनमत संघको केन्द्रीय संयोजक श्रीमति शुशिला देवी यादवले यो घटनाको घोर भर्तसना गर्दै दोषी प्रहरीलाई कानुन बमोजिम कडा़ सजाय दिन मांग गरेका छन । हाम्रो किसान आन्दोलन जारी रहने छ जब सम्म किसान हरूको मांग पुरा हुदैन तब सम्म अहिले पनि हाम्रो अवाज हौंसला बुलन्द छन ।

सप्तरी भारदह, पुन: किसान आन्दोलन जारी गरेको दृश्य

विहानदेखि नै भारदहमा जनमत पार्टीका नेता कार्यकर्ताहरुले राजमार्ग अवरुद्ध गरेर सडकमा टायर बालेर प्रदर्शन जारी राखेका समयमा ठूलो संख्यामा रहेका प्रहरीले बल प्रयोग गरेर राजमार्ग सञ्चालनमा ल्याउने क्रममा आधा दर्जन आन्दोलनकरी लाई प्रहरी पक्राऊ समेत गरेका छन ।

प्रतिक्रिया





Top