सर्लाहीबाट गाँजा सहित एक युवक पक्राउ

मधेशपाटी अनलाइन     २०७८ पुष १६, शुक्रबार १०:५६ बजे मा प्रकासित


रबिन्द्र प्रजापति, पुस १६ गते रौतहट । सर्लाहीबाट प्रहरीले एक युवकलाई लागुऔषध गाँजा सहित पक्राउ गरेको छ । सर्लाहीको ईश्वरपुर–१२ बाँके चौक स्थित प्रहरी टोलीले चेकिङ गर्ने क्रममा पैदल यात्री महोत्तरीका सुन्दरपुर–२ का २२ वर्षीय पप्पु रामलाई चेक जाँच गर्दा उनको ज्याकेट भित्रबाट ५ सय ग्राम लागुऔषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया





Top