किसान आन्दोलन: पक्राउ परेका जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष ई. कुशवाहा सहित नाै जनालाई छाडे

मधेशपाटी अनलाइन     २०७८ पुष १६, शुक्रबार १९:०६ बजे मा प्रकासित


मधेशपाटी,जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्ष बसन्त कुशवाहासहित ९ जना नेता कार्यकर्ताहरु रिहा भएका छ्न।

शुक्रबार किसान आन्दोलनको तेस्रो दिन पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गर्न खोज्दा रौतहटको चन्द्रनिगाहपुरबाट जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष ई.बशन्त कुशवाहासहित ९ जना पक्राउ परेका थिए।

पक्राउ परेका जनमतका नेता कार्यकर्ताहरु हिरासत मुक्त भएका जनमत पार्टीले जनाएको छ।

रिहा भएपछि जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष ई.कुशवाहाले किसानहरुको माग जबसम्म पूरा हुदैनन् ।तबसम्म किसान आन्दोलन जारी रहने उनले बताए।

जनमत पार्टीले समयमा मलखाद्य र बिउको व्यवस्था गर,सिचाईको व्यवस्था गर,नसके सिंचाई बिजुली नि:शुल्क गर,फसलको उचित मूल्य निर्धारण गर,किसानमाथिको दमन बन्द गर र उखु किसानको रकम भुत्तानी गर्नुपर्नेसहितको माग राख्दै अनिश्चितकालिन पूर्व-पश्चिम राजमार्ग बन्दको घोषणा गरिएको छ।

किसानहरुको माग पूरा गराउनको लागि आन्दोलन गर्दै जनमत पार्टी आइरहेको छ।

प्रतिक्रिया





Top