मधेशपाटी,जनकपुरधाम । इस्वी संवतको नयाँ वर्ष सन् २०२२ आजबाट शुरु भएको छ । नेपालीसहित विश्वभर एक आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।
इसाइ धर्मका प्रवर्तक जिजस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् ।
ग्रेगोरियन पात्रोअनुसार सन् २०२१ को विदाई र नयाँ वर्ष सन् २०२२ को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । येशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । नयाँ वर्षमा इसाई धर्मावलम्बीहरुले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन छ ।
इस्वी संवतको यो नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक कार्यक्रमलगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन् । नयाँ वर्षको अवसरमा धनुषा लगायत विहानैदेखि चहलपहल देखिएको छ । धनुषा बन जंगल , मनिपाल, माछापालन, सिरहाको बाबा ताल, भत्तराहिनी कमला लगायतको स्थानमा बनभोज गर्ने रमाइलो गर्नेहरुको भीड लागेको छ ।
प्रतिक्रिया