महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गयो

न्यूज डेस्क     २०७८ पुष १७, शनिबार २०:०९ बजे मा प्रकासित


बर्दिबास । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका वडा नम्बर ४ माईस्थानमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत माइस्थान चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ज ६ प ८३४२ नम्बरको मोटरसाइकल दिउँसो ३ बजेतिर अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

सर्लाही ईश्वरपुर नगरपालिका –४ भक्तिपुर बस्ने अन्दाजी ४८ वर्षका भुवनप्रसाद उपाध्यायको दुर्घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसै गरी घटनाको छानविनका लागी पिडित परिवारहरुले पुर्व पश्चिम राजर्माग अवरुद्ध गरी घटनाउपर छानविन गर्नका लागी सरकारसँग माग गरेका छन ।

दुर्घटनापश्चात बर्दिबासस्थित शुभ–स्वस्तिक अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका छन्। अहिले उनको शव अस्पतालमा नै रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया





Top