धनुषामा जनमतका कार्यकर्तामाथि प्रहरीले गोली बर्साए, पाँचजना घाइते जनकपुर रेफर

मधेशपाटी अनलाइन     २०७८ पुष १८, आईतवार १४:३२ बजे मा प्रकासित


मधेशपाटी,जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाकाे पूर्व-पश्चिम राजमार्ग बन्द गराउने क्रममा पोर्ताहामा प्रहरीले जनमत पार्टीका कार्यकर्तामाथि गोली चलाएको छ ।

गो’ली लागेर पाँच जना घाईते भएका हुन् । घाईते हुनेहरुमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र संजय साह रहेका छन् । वैजनाथ र नथुनीको टाउकोमा लागेकाले दुबै जनाको अवस्था चिन्ताजनक रहको बुझिएको छ ।

घाईते उनीहरुलाई वीरेन्द्रबजार लगिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि जनकपुर लगिदैछ । सबै जनालाई एम्बुलेन्समा प्रादेशिक अस्पताल लगिरहेको जनमत पार्टीले जनाएको छ ।

प्रतिक्रिया





Top