मल खरीदमा एक अर्ब ५६ लाख भ्रष्टाचार, प्रबन्ध सञ्चालक सहित १० जना विरुद्ध मुद्दा दायर

मधेशपाटी अनलाइन     २०७८ पुष १९, सोमबार ०६:२१ बजे मा प्रकासित


मधेशपाटी,काठमाडौं । मल खरिद गर्ने मुख्य जिम्मेवारी पाएको निकाय कृषि सामाग्री कम्पनी लिमिटेडको मिलेमतोमा मलमा अर्बौं रूपैयाँ भ्रष्टाचार भएको पाइएको छ ।

कृषि तथा पशुपन्छी विकास अन्तर्गतको कृषि सामाग्री कम्पनीको लिमिटेडले नै खरिद गरेको मल मापदण्डमा नपरेको भेटिएको हो ।
नेपाल सरकारले तोकेको गुणस्तरमा नै नपर्ने र कम गुणस्तरको मल खरिद गरी आर्थिक अनियमितता गरेको पाइएपछि अख्तियार दुरूपयोग तथा अनुसन्धान आयोगले १२ जना कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार आइतबार आयोगले कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्र भण्डारीसहित १२ जनाविरुद्ध विशेष अदालत काठमाडौंंमा मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार कृषि सामग्री कम्पनीका कर्मचारीहरू र आपूर्तिकर्तासमेतको मिलेमतोमा कम गुणस्तरको मललाई गुणस्तरयुक्त भनेर ल्याउने मात्रै होइन, बिना प्रतिस्पर्धा मलको गुणस्तरसमेत परीक्षण गरिएको पाइएको छ ।
उनीहरूले परीक्षणको गलत प्रतिवेदन बनाएर आपूर्तिकर्तालाई कूल रकमको ९० प्रतिशत जम्मा १ अर्ब ५३ लाख २२ हजार ४ सय रूपैयाँ भुक्तानी पनि गरिसकेका थिए ।

गुणस्तरहीन मल खरिद गरी बिक्री गर्ने भण्डारीसहित प्रबन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उप–प्रबन्धक पुस्कर दिप बुढाथोकी समेतले कृषि सामग्री लिमिटेडलाई हानी नोक्सानी र आफूसमेतलाई गैरकानुनी लाभ लिने मनासाय लिई काम गरेको पुष्टि भएको छ ।

यसरी गलत प्रतिवेदन तयार गरेर देखाउनेमा नेपाल इन्भारोमेन्टल एण्ड साइन्टिफिक सर्भिसेस प्रा.लिका प्रबन्ध निर्देशक सलिल देवकोटा, सुनिलबाबु खत्री, महेन्द्र कुमार डागा, भोलानाथ चौधरी र मनोज आचार्य पनि यसमा संलग्न रहेको आयोगले पुष्टि गरेको छ।

कम्पनी र आपूर्तिकर्ताबीच भएको ठेक्का सम्झौताको स्पेशिफिकेशनको भन्दा कम गुणस्तरको डिएपी मल आपूर्ति भएको पुष्टि भएको छ । उक्त आपूर्तिकर्ता जोशी बिज हाउस प्रालिका कार्यकारी निर्देशक विनित जोशीमाथि पनि मुद्दा दायर भएको छ ।

उनीहरूबाट आयोगले एक अर्ब ५३ लाख २२ हजार ४ सय रूपैयाँ बिगो माग दाबी गरिएको छ ।

प्रमाण हेर्न यहाँ टिप्नु हाेला ।

प्रतिक्रिया





Top