मधेशपाटी,जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिकाका एक वडाध्यक्ष सडक बनाउन भनेपछि उनले गम्भिर प्रतिक्रिया दिएका छन् ।
हँसपुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रामसेवक मण्डलले उनकै वडाका एक स्थानीयले बाटो मर्मतको लागि भनेपछि आफू नबनाउने भन्दै झपारे ।
मण्डलले वडा नम्बर ७ पर्साही बस्ने एक वडावासीलाई आफू आगामी दिनमा चुनाव नलडने बताउँदै विकासको काम पनि नगर्ने प्रष्टयाए । उनले रोड बनाउन मेयरलाई भन्नुपर्ने बताए ।
वडा कार्यालयको पश्चिम तर्फको बाटो बर्षाको कारण अति जिर्ण बनेको र बर्षायाममा घरबाट बाहिर समेत निस्कन नपाउने अवस्था सृजना भएको भन्दै त्यहाँक केही लागतमा माटो पुर्न आग्रह गरेपछि आफू अब चुनाव नलडने बताउँदै माटो नपुर्ने झपारे ।
वडाध्यक्ष राम सेवक मण्डललाई स्थानीयले विगत १ बर्षदेखि सो सडकमा माटो पुरिदिन आग्रह गर्दा यसपाली गरिदिने भन्दै आश्वासन दिँदादिदै आईतबार सडकको बारेमा सोध्दा आफू चुनाव नलडने बताउँदै माटो नपुर्ने बताए ।
विकास निर्माणको लागि छुटयाएको बजेटमा २० देखि ३५ प्रतिशतसम्म कमिशन लिएर मात्र योजना दिने वडाध्यक्ष मण्डलले चुनावकै लागि नागरिकसँग झुठो आश्वासन बाँडेको प्रष्टयाएका छन् ।
वडाध्यक्ष मण्डलको विरोधमा उनकै आसेपासेहरु भएका छन् भने वडावासीसमेत उनीसँग असन्तुष्ट छन् ।
प्रतिक्रिया