चिसो तथा शीतलहरका कारण कटहरिया नगरपालिका क्षेत्रका विद्यालय बन्द

मधेशपाटी अनलाइन     २०७८ पुष १९, सोमबार १९:३८ बजे मा प्रकासित


रबिन्द्र प्रजापति, पुस १९ गते रौतहट ।

बढ्दै गएको चिसो तथा शीतलहरका कारण रौतहटको कटहरिया नगरपालिका क्षेत्रका विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।
बिहीबार परेको वर्षाको कारण चिसो बढ्दै गएपछि कटहरिया नगरपालिकाले विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।

कटहरिया नगरपालिकाले यसै साताको वर्षाका कारण जाडो बढ्दै गएको बताउदै मंगलबार देखि आईतबार सम्मका लागि कटहरिया नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन बन्द गरेको प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले बताए ।

बालिकामा चिसोको कारण समस्या बढिरहेकाले पठनपाठनमा कठिनाई हुँदै गएकाले नगरपालिकाले आईतबार सम्मका लागी विद्यालय बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत साहले जनाएकोको छ ।

प्रतिक्रिया





Top