किसान आन्दोलन: धनुषामा फेरी जलायो एक ट्रक, जनमतका जिल्ला अध्यक्षसहित ३ गिरफ्तार

मधेशपाटी अनलाइन     २०७८ पुष १९, सोमबार २०:२४ बजे मा प्रकासित



जनकपुरधाम । किसान आन्दोलन गरिरहेका डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले धनुषामा (पूर्व-पश्चिम राजमार्गमा) ट्रकमा आगजनी गरेका छन् ।

गणेशमान चारनाथ नगरपालिका १ छघरियामा ना १ क ७७६९ नम्बरको ट्रकमा जनमतका कार्यकर्ताले आगो लगाएका हुन् । दिउँसो करिब ३:२० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको उक्त ट्रकमा आन्दोलनकारीले आगो लगाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

आगजनीबाट ट्रक क्षतिग्रस्त बनेको छ । आगजनी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनमत पार्टीका धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा, कार्यकर्ताद्वय चन्दन कुमार साह र नविन पण्डित रहेका छन् ।

धनुषाका प्रहरी प्रवक्ता एवम डिएसपी जीतेन्द्र कुमार बस्नेतले तीनै जनालाई ट्रकमा आगो लगाएको आरोपमा पक्राउ गरिएको बताए  । उनले घटनाको थप अनुसन्धान भइरहेको जनकारि दिएको छ ।

प्रतिक्रिया





Top