नेता यादवको घरमा पसेर गोली हानदिने धम्की रक्सीको नशामा एसपी पाण्डे, तरुण दल आन्दोलनमा

न्यूज डेस्क     २०७८ पुष १९, सोमबार २१:०५ बजे मा प्रकासित


सबिन यादव,सिरहा । सिरहाका निवर्तमान एसपी हिरा बहादुर पाण्डेले रक्सीको नशामा मातेर नेपाली काँग्रेसका नेता रामचन्द्र यादवलाई मार्न गएको आरोप छ ।

आईतबार राती उनको सरुवा भएको खवर भएपछि होस गुमाएका एसपी पाण्डेले नेपाली काँग्रेसका सिरहा जिल्ला सभापति यादवको घरमा पसेर गोली हानदिने धम्की दिएका थिए ।

नेता यादवलाई ज्यानै मार्ने नियतले अबेर राती उनको घरको पर्खाल नाघेर उनको घरमा पसेको आरोप नेता यादवको छ । पाण्डेको सरुवा भएपछि उनी रिसले आगो हुँदै रक्सीमा मातेको बताइएको छ ।

रक्सीले मातेका एसपी पाण्डेले पेस्तोलमा गोली लोड गरी नै उनको घरमा गएको गोप्य श्रोतको दाबी छ । उनले राती दुई प्रहरी जवानलाई समेत आफूसँग लगी

“राती करिब ९ बजेको समयमा एसपी पाण्डेको सरुवाको पत्र आएको हो , सरुवा पत्र आएको समय देखि नै एसपी रिसको आबेगमा आयो ।दारु खाएर राती १ बजेको समयमा नेपाली कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादवलाई गोलि मार्छु या मर्छु भनेर भनेका थिए ।”– नाम नखोल्ने शर्तमा एक अधिकारीले बताए ।

यता, तरुण दल सिरहाका सदस्य एवम् काँग्रेसका युवा नेता अरबिन्द कुमार मण्डलले एसपी पाण्डेलाई विभागीय कारवाहीको माग सहित पदबाट निलम्बनको माग गरेका छन् ।

नेपाली काँग्रेसका जिल्ला अध्यक्ष यादवलाई ज्यान मार्ने उदेश्यले पावरको आड लिएको भन्दै उनलाई कारवाही नभएसम्म तरुण दलले सिरहामा आन्दोलन जारी राख्ने बताएका छन् ।

एक प्रेस विज्ञप्ति समेत जारी गर्दै नेता मण्डलले एसपी पाण्डेलाई निलम्बन नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएको हो ।

प्रतिक्रिया





Top