जनमत पार्टीका अध्यक्ष जनकारवाही गर्ने धम्की दिएका एसपी पाण्डेमाथि देउवा सरकारले चलायो डण्डा

मधेशपाटी अनलाइन     २०७८ पुष २१, बुधबार १०:१२ बजे मा प्रकासित



काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले जनकारवाही गर्ने चेतावनी दिएका एसपीमाथि देउवा सरकारले डण्डा चलाएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेलाई तीन महिनाका लागि निलम्बन गरेको छ ।

सिरहाका कांग्रेस सभापति रामचन्द्र यादवलाई धम्की दिएपछि छानबिनमा परेका एसपी पाण्डेलाई मंगलबार बेलुका निलम्बन गरिएको हो ।

प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले व्यावसायिक आचरणविपरीत गतिविधि गरेको आरोपमा अनुसन्धानका लागि पाण्डेलाई तीन महिना निलम्बन गरिएको बताए । ‘एसपी पाण्डेमाथि अनुसन्धान जारी छ,’ उनले भने, ‘अनुसन्धानलाई सहयोग पुर्‍याउन उनलाई तीन महिनाका लागि निलम्बन गरिएको हो ।’

पाण्डेलाई प्रहरी मुख्यालय तानेर अर्का एसपी अर्जुन तिमल्सिनालाई सिरहा प्रहरी प्रमुखका रूपमा खटाइएको छ ।

https://madheshpati.com/news/2148.html

प्रतिक्रिया





Top