श्रीमतीलाई माछा सस्तो नदिएपछि बिक्री केन्द्र शिल,सिडिओको जागिर धारापमा

न्यूज डेस्क     २०७८ पुष २१, बुधबार १७:४३ बजे मा प्रकासित


काठमाडौँ । श्रीमान सफल हुनका लागि श्रीमतीको ठूलो हात रहेको हुन्छ । तर चितवनका प्रमुख जिल्ला अधिकारी सीडीओ अस्मान तामाङ श्रीमतीकै कारण तनावमा छन् ।

माछा खरिद गर्न जाँदा आफ्नै श्रीमती ‘ठगिएको’ भन्ने निहुँमा चितवनका सीडीओ तामाङले चितवनमा माछा बिक्री केन्द्र र कृषकको फार्ममा नै सिल गरेर आफ्नो जारिर धरापमा पारेका छन् ।

कृषकहरूले आफूहरूलाई सीडीओले अनावश्यक दुःख दिएको गुनासो गरेका छन् भने सीडीओ तामाङले आफू नै ठगिनुपरेको जिकिर गरेका छन् । सीडीओले एक गाडी प्रहरी लिएर आएर फार्ममा ताला लगाएको कृषकको गुनासो छ ।

‘उहाँले मुखमा आए जति गाली गर्नुभयो । कालोबजारी गर्ने रु मान्छेलाई ठग्ने रु भन्दै सिलबन्दी गरेर जानुभयो,’ भरतपुर महानगरपालिका वडा नम्बर २६ दिव्यनगरका माछापालक कृषक खगेन्द्र सुवेदीले भने, ‘उहाँ एक गाडी प्रहरी लिएर आउनुभएको थियो ।’

भारतबाट आउने माछामा हुने फर्मालिन केमिकल चेक गर्न ध्यानाकर्षण गराउँदा ध्यान नदिने, उल्टै आफूहरूलाई दुःख दिने काम भएको सुवेदीको आरोप छ ।

‘हामीले भारतबाट आउने केमिकलयुक्त माछाको विरोध गर्दै विना केमिकलको माछापालन शुरू गरेका हौं । भारतीय माछा व्यापारीलाई केही नगर्ने, तर नेपाली किसानका माछामाथि शंका गर्नुभएको छ’, उनले भने ।

भरतपुर महानगरकी मेयर रेणु दाहाललाई ध्यानाकर्षण गराउँदा उनले पनि सीडीओकै बचाउ गरेको कृषकको गुनासो छ । ‘उहाँ ९रेणु दाहाल०ले मैले सीडीओसँग कुरा गर्छु । विवाद नलम्ब्याऊँ, मिलौं भन्नुभयो,’ सुवेदीले भने ।
के हो घटना

चितवनको भरतपुर महानगरपालिका– २६ दिव्यनगरमा ११ वर्षदेखि माछापालन गर्दै आएका खगेन्द्र सुवेदीको पोखरीमा पुस ९ गते बर्दी लगाएका प्रहरीसहितको टोली पुगेको थियो ।

उनीहरूले ‘हामी सीडीओका मान्छे हौं, माछा चाहियो’ भने । सुवेदीले ‘बेलुका भयो, माछा मार्ने मान्छे गइसकेकाले गाह्रो हुन्छ,’ भन्ने जवाफ दिए ।

तर ग्राहक प्रहरी, त्यसमाथि पनि सीडीओको मान्छे भनेपछि उनले माछा मार्नैपर्ने भयो । ७ किलो माछा दिएर प्रतिकिलो ३ सय रुपैयाँ पर्ने बताए ।

उनीहरूले ‘३ सय होइन, २ सय रुपैयाँमा दिनुपर्छ’ भने । प्रहरीसँग किन लफडा गर्नु भन्ने सोचेर उनले प्रतिकेजी २ सय ५० रुपैयाँमा माछा दिए ।

‘पोखरीको माछा ३ सय हो सर भनें, तर उहाँहरूले २ सयका दरले देऊ भन्नुभयो । मैले हार्न नसकेर २५० मा दिएको थिएँ,’ सुवेदीले भने ।

१७५० रुपैयाँ दिएर उनीहरू बिदा भए । त्यसको ९ दिनपछि पुस १८ गते सुवेदीको फार्ममा अर्की एक महिला ग्राहक आइन् ।

उनले सीडीओको श्रीमती भनेर परिचय पनि दिइन् । त्यो दिन पनि माछा बिक्री भइसकेको थियो । व्यापारी लुलाराज तामाङले माछा खरिद गरिसकेका थिए ।

तर, फार्ममै आएको ग्राहक, त्यसमाथि पनि सीडीओको पत्नीलाई यसै फिर्ता पठाउने कुरा पनि भएन ।

सुवेदीले तामाङलाई आग्रह गरेर ५ केजी माछा उपलब्ध गराए । प्रतिकेजी ३ सय रुपैयाँका दरले पैसा माग्दा ती महिलाले २५० होइन र रु भनेर सोधिन् । अस्ति २ सय ५० मा दिने, आज एक्कासि कसरी ३०० भयो रु भनेर प्रतिवाद गरिन् ।

उनले ३ सय नै पर्ने बताए । त्यसपछि सीडीओपत्नी ५ किलो माछाको १५ सय रुपैयाँ दिएर फर्किइन् । तर, साँझ नसोचेको घटना भयो । सीडीओ तामाङ प्रहरी र कार्यालयकै अन्य सिनियर कर्मचारीसहित आए ।

सुवेदीको पोखरी र फार्ममा ताला लगाइदिए । ‘उहाँ यस्तो आवेगमा हुनुहुन्थ्यो कि मैले भनेको कुरा सुन्ने मूडमा नै हुनुहुन्थेन,’ सुवेदीले भने, ‘मैले त्यहाँ उहाँलाई बुझाउन समेत सकिनँ, कुरा मिलाउन त परै जाओस् ।’

उनले लुलाराज तामाङको पसलमा पनि अनुगमन गरे । परीक्षणका लागि भन्दै फ्रिजमा भएको माछा लिएर गए । पसलमा सिल पनि गरियो ।

सीडीओ तामाङको यो कदमपछि चितवनका माछा कृषक आन्दोलनको मूडमा छन् । भारतबाट आउने फर्मालिनयुक्त ९केमिकल प्रयोग भएको० माछालाई निरुत्साहित गर्ने गरी माछा पालन गर्दै आएका आफूहरूलाई नै निरुत्साहित गर्ने काम भएको कृषकको गुनासो छ ।

यता चितवनका प्रमुख जिल्ला अधिकारी सीडीओ अस्मान तामाङले भने आफू ठगिएको बताएका छन् । जिल्लाको शान्ति सुरक्षा हेर्ने र कालोबजारी नियन्त्रण गर्ने व्यक्ति नै ठगिन्छ भने अरूको के हालत होला भन्ने उनको प्रतिक्रिया छ ।

‘म नै ठगिएँ भने आम उपभोक्ताको के हालत होला रु’ सीडीओ तामाङले भने, ‘बिल माग्दा पनि उहाँहरूले दिन सक्नुभएन ।’ ९ दिनअघि प्रतिकिलो २५० रुपैयाँमा दिएको माछा ९ दिनपछि एक्कासि ३ सय कसरी भयो रु भन्ने उनको प्रश्न छ ।

‘पहिला जाँदा ७ केजीको १७ सय ५० रुपैयाँ, फेरि जाँदा ५ केजीको १५ सय तिर्नुपर्‍यो,’ तामाङले सुनाए । नौ दिन बीचको फरक मूल्यले निम्त्याएको समस्या

चितवनकै अर्का एक कृषकले ९ दिनअघि प्रहरीसँग किन लफडा गर्नु भनेर सस्तोमा दिएको मूल्यलाई सीडीओले वास्तविक मूल्य ठान्दा समस्या आएको हुनसक्ने बताए ।

‘उतिबेला साँझमा आएका प्रहरी, भैहाल्यो नि त भनेर सस्तोमा माछा दिएका रहेछन्,’ ती कृषकले भने, ‘त्यही मूल्यलाई सीडीओ’सापले वास्तविक मूल्य ठान्दा समस्या भएको देखिन्छ ।’

सीडीओले ९ दिनमा प्रतिकेजी ५० रुपैयाँ मूल्य कसरी फरक पर्‍यो भन्ने प्रश्न गर्दै आएका छन् भने कृषकहरू वास्तविक मूल्य नै ३०० रुपैयाँ भएको बताउँछन् ।

प्रतिक्रिया





Top