जनमत पार्टीद्वारा अर्धनग्न जुलुस प्रदर्शन (तस्बिरहरु )

न्यूज डेस्क     २०७८ पुष २२, बिहीबार १६:५२ बजे मा प्रकासित


मधेशपाटी,जनकपुरधाम । किसान आन्दोलन गरिरहेको जनमत पार्टीले राजमार्ग अन्तर्गत राैतहटमा अर्धनग्न जुलुस प्रदर्शन गरेको छ।

जनमत पार्टी राैतहटद्वारा आयोजित प्रदर्शनमा राजमार्गको बिचमा आज अर्धनग्न भई प्रदर्शन गरेका थिए।विभिन्न १२ बुन्दे माग राख्दै आन्दोलनमा उत्रेको जनमत पार्टीले किसानहरूलाई बिउ बिजन उपलब्ध गराउनुपर्ने, किसानहरूको बिमा गर्नुपर्ने लगायतको माग राखेको छ।

तराई-मधेशभरिनै आन्दोलन गरिरहेको पार्टीले आफूहरूको माग पुर नभएसम्म आन्दोलन जारी रहने जनाएको छ।राैतहटमा गएको अर्धनग्न प्रदर्शनमा जनमत पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख र जिल्ला सचिव लगायत दर्जनौँ नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया





Top