जनकपुरधाम । धनुषा जिल्लाकाे धनुषाधाम नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा संजित दासलाई जिम्मेवारी दिएको छ ।
सो नगरपालिकामा अर्को प्रमुख प्रशासकीय अधिकृत रुपमा कार्यरत गणेशराज कार्की मोरंगको वेलबारी नगरपालिका सरुवा हुँदा खालि भएको ठाउँमा अधिकृत दासलाई कार्यपालिकाबाट निर्णय गरी जिम्मेवारी दिएको हो ।
सोही नगरपालिकामा प्रशासन प्रमुखमा कार्यरत रहदै आएका दासलाई विहिवार निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो ।
प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी समान्य प्रशासन मन्त्रालयद्वारा विधिवत रुपमा संजित दासलाई जिम्मेवारी दिदा नगरपालिका पुन विकासको गति लिने नगरप्रमुख बालेश्वर मण्डलले बताए ।
अधिकृत दासलाई उपमेयर विद्या देवी भुजेल, मेयर बालेश्वर मण्डल सहित कर्मचारीहरुले फूलमाला लगाएर स्वागत गरेका थिए ।
प्रतिक्रिया