काठमाडौं । गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पूजा सिंहलाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवा गरेको छ।
प्रहरी प्रधान कार्यालयको सिफारिसमा सिंहलाई शुक्रबार गृह मन्त्रालयले डिआइजी बढुवाको सिफारिस गरेको हो।
सिंह प्रहरी प्रधान कार्यालय प्रशासन महाशाखामा कार्यरत् थिइन्। उनी यसअघि संघीय इकाइ गण्डकी प्रदेशको प्रमुख थिइन्।
व्यावसायिक प्रहरीको छवि बनाएकी सिंहले प्रहरी उपरीक्षक हुँदा काभ्रे र तत्कालीन पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय सुनसरीको जिम्मेवारी सम्हालेकी थिइन्।
सिंह प्रहरी निरीक्षकमा महिलातर्फ खुला प्रतिस्पर्धामा पहिलो थिइन्। उनी महिलातर्फ सुडान मिसनमा पनि कमाण्डेडको रूपमा काम गरेकी थिइन्।
प्रतिक्रिया