कटहरिया ५ का वडा अध्यक्ष गुप्ताले गर्न नसकेका काम कार्यपालिका सदस्य सोनारले गराउन भए सफल

न्यूज डेस्क     २०७८ पुष २४, शनिबार १९:२२ बजे मा प्रकासित


रबिन्द्र प्रजापति रौतहट । पुस २४ गते
रौतहटको कटहरिया नगरपालिकामा एउटा यस्तो जनप्रतिनिधी जसले गर्नै नसकने काम एउटा कार्यपालिका सदस्यले गराउन सफल भएका छन ।
वडा अध्यक्ष जसलाई सधारण कामको लागि पटक पटक ताकेता गर्दा पनि गर्न गारउन नसकेका काम एउटा कार्यपालिका सदस्यले सजिलै संग गराउन सफल भएका हुन ।
जिल्लाको कटहरिया नगरपालिका वडा नं. ५ मा बिगत चार बर्ष देखी वडा अध्यक्ष सर्फलाल प्रसाद गुप्ताले गर्न नसकेको काम कार्यपालिका सदस्य रामप्रवेश साह सोनारले एक कलमै गराउन सफल भएका हुन ।
कटहरिया वडा नं. ५ को पुर्वमा रहेको एउटा सानो टोलमा बिगत चार बर्ष देखी सो टोलका बासिन्दाहरु घरमा सजिलै संग बिधुत्त जडान गराउन बन्चित हुदै आएका थिए । तर वडा अध्यक्षले गराउन सकेन ,
वडामा निर्वाचित भएको चार साल बितन लाग्दा वडा अध्यक्ष सर्फलाल प्रसाद गुप्ताले सो टोलमा रहेको बिधुत्त पोलमा तार तान्ने काम संम्पन भए पनि लाईन सपलाई गराउन नसकेको र कार्यपाललिका सदस्य साहले एक फोनमै गराउन सफल हुनु भएको स्थानिय हरि नरायण पंडितले बताएका छन ।
गाउमा स्थानिय तह संचालन भए पछि वडा नं. ५ का जिम्मेवारी पाएका वडा अध्यक्ष गुप्ताले बिकाश निर्माणका काममा समेत कुनै वास्ता नरेको स्थानियहरुले गुनासो गरेका छन ।
निर्वाचित भए देखी हाल सम्म कुनै पनि बिकाश निर्माका कार्य वा जनताको सेवामा ठोस कार्यमा वडा अध्यक्षले गर्न नसकेको स्थानियहरुको भनाईरहेको छ ।
वडाबासीहरुले वडामा बिभिन्न समस्याहरु झेलिरहदा वडा अध्यक्ष गुप्ताले कानमा तेल हालेर सुतिरहेको अर्का स्थानिय राजु साह कानुले बताउनु भयो ।
गाउको पुर्वमा रहेको टोलमा बिधुत्तको सानो समस्या हुदा त्यसको बारेमा वडा अध्यक्ष गुप्तालाई पटक पटक जानकारी गराउदा कुनै वास्ता नगरेको कानु भनाई रहेको छ ।
नेपाल बिधुत्त प्राधिकरण बितरण केन्द्र मौलापुरले गएको चार बर्ष पहिलानै सो टोलमा रहेको पोल पोलमा तार जडान गर्ने कार्य पुरा गरेको र सो तारमा बिधुत्तको लाईन मात्र सपलाईन गराउनको लागि पटक पटक ताकेता गर्दा पनि गुप्ताले कुनै वास्ता नगरेको र यो कार्य आफु संग नहुने वडा अध्यक्ष गुप्ताले बताए पछि वडाबासीहरु निराश भएका थिए ।
निराश स्थानिय बासिन्दाले टोलमा रहेको बिधुत्त समस्यालाई लियर सोही टोलबाट कार्यपालिकामा निर्वाचित राम प्रबेश साह सोनारलाई भन्दा सोनारले एकचोटीमै फोनको मार्फत गराउन सफल हुनु भयो ।
वडा अध्यक्ष गुप्ता वडाको बिकाश गर्नुको सट्टा खाली आफनो पार्टीका कार्यकर्ता पोषण र भर्ती केन्द्र तर्फ बढी केन्द्रित भएको स्थानियहरुको आरोप लगाएका छन ।
गुप्ता निर्वाचित भए देखी अहिले कटहरिया टोलमा सम्म बिकाश निर्माणका ठोस काम गर्न नसकेको र कार्यपालिका सदस्य साहले बिकाश निर्माण कार्य गर्न खोज्दा त्यसमा केही स्थानियलाई उचालेर बिकाशका कामलाई प्रभावित पार्ने काम मात्रै गर्ने गरेको केही स्थानियहरुले बताएका छन ।
वडा अध्यक्ष गुप्ता आफु पनि बिकाश नगर्ने र अरुले गरे त्यसमा राजनितीक गर्ने गरेको गुप्ताको रबैया रहेको टोलका बासिन्दाहरुले बताए ।

प्रतिक्रिया





Top