धनुषा : ३६ बर्षिय माहिलामाथि जबर्जस्ती बला’त्कार , अधबैंसे पुरुष प’क्राउ

मधेशपाटी अनलाइन     २०७८ पुष २५, आईतवार ०७:२९ बजे मा प्रकासित


जनकपुरधाम । प्रदेश नम्बर २ काे अस्थाई राजधानी जनकपुर देखि २४ किलोमिटर दुरिमा रहेका भठियनमा एक महिलालाई जबर्जस्ती बलात्कार गरेको आरोपमा अधबैंसे पुरुषलाई प्रहरीले गिरफ्तार गरेका हुन ।

धनुषा जिल्लाकाे सबैला नगरपालिका वडा नम्बर ९ मा मानसिक संतुलन ठिक नरहेको महिलालाई जबर्जस्ति करणी परियास गरेको आरोपमा साेही वडामा बस्ने अन्दाजी बर्षिय ५५ मुनेश्वर राय अमात्यलाई प्रहरीले पक्राउ गरेका छन।

सबैला नगरपालिका ९ कुशमाहा (सतोषर) घर भएका र मानसिक संतुलन ठिक नरहेको अन्दाजी ३६ बर्षिय कि नाम परिवर्तन शकुनिया यादवलाई सोहि वाड ९ नम्बर भठियन बस्ने पुरुषले भठियन बजारकाे सडक छेउमा पराल बिछ्याइएर सुतिरहेको महिलामाथि जबर्जस्ति करणी गर्न खोजे पछि

उक्त महिलाले चिच्याउन थालेपछि स्थानीयहरुले महिलालाई बचाएका थिए।घटना स्थलमा पुगेका स्थानीयहरुले आरोपितलाई पक्राउ गरि ईलाका प्रहरी कार्यलय सबैलालाई खबर गरे पछि आरोपित रायलाई प्रहरीको जिम्मा लगाएका थियो ।

उक्त घटना गत शुक्रबार राति साढे ८ बजेको रहेको र घटनाबारे ईलाकामा स्थानीयहरुले जानकारी गराए पछि ईलाका प्रहरी कार्यालय सबैलाबाट खटिएका प्रहरी टोलिले आरोपितलाई पक्राउ गरि प्रहरी कार्यलय सबैलामा राखिएको छ। भने घटना बारे थप अनुसन्धानका लागि म्याद थप्न गरिएको आइतबार जनकपुर लग्ने ईलाका प्रहरी सबैलाका प्रहरी निरीक्षक राजेश शिग्देलले बताएका छन ।

प्रतिक्रिया





Top