७ दिनभित्र सामाजिक सुरक्षा भत्ता वितरण गर्न माग :जनमत पाटी चेतावनी

न्यूज डेस्क     २०७८ पुष २६, सोमबार ०८:२३ बजे मा प्रकासित


सिरहा ।  औरही गाउँपालिकालाई अगामी सात दिनभित्र जनमत पार्टीले सामाजिक सुरक्षा भत्ता वितरण गर्न माग गरेको छ ।

 

जनमत पार्टी औरही कमिटीले आईतवार सामाजिक सुरक्षा भत्ता वितरणको मागसहित औरही गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । अन्य पालिकामा ३/३ महिनामा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएपनि औरही गाउँपालिकाले ९ महिनासम्म भत्ता वितरण नगरेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

 

भत्ता नपाएपछि बृद्धबृद्धाले चिसो छल्न न्यानो लुगा, पोषणयुक्त खानेकुरा किन्न नसकेकोले अगामी सात दिनभित्र भत्ता वितरण गर्न माग गरिएको जनमत पार्टीका स्थानीय नेता दीपेन्द्र यादवले बताए । सात दिन भित्र समाजिक सुरक्षा भत्ता वितरण नगरिए कडा कदम चाल्ने जनमत पार्टीले चेतावनी समेत दिएको छ ।

औरही गाउँपालिकाको लापरबाहीको विषयलाई लिएर जनमत पार्टी पटक पटक दबाबमूलक कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया





Top