प्रदेश २ : इटा भट्टामा एक महिला मजदुरको मृत्युु, २ जना गम्भीर

मधेशपाटी अनलाइन     २०७८ पुष २६, सोमबार १८:३८ बजे मा प्रकासित


रबिन्द्र प्रजापति, रौतहट । सप्तरी जिल्लाको रुपनी गाउँपालिका  वडा नम्बर ६ तेरहोता स्थित विशाल इटा भट्टामा इटा खस्दा एक महिला मजदुरको मृत्युु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

विशाल इटा उघोगमा काम गर्ने क्रममा काचो इटा अचानक खस्दा तीन जना घाइते भएकोमा एक जना मजदुरको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

मृत्युु हुनेमा सप्तरीकै रुपनी गाउँपालिका वडा नं. ६ की ५० वर्षीया मजदुर जतरि देवि सरदार रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एव प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार सो घटनामा अग्निसाइर कृष्णाशवरण गाउँपालिका वडा नं. ४ का ५० वर्षीय मगल सदा र भारतको मभुवनि निवासी ४० वर्षीय रमेश कुमार लोउदी गम्भीर घाइते भएको प्रहरीले जनाएका छन् ।


यता गम्भीर घाइते दुवै जनाको हाल राजविराज स्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि अस्पतालमै शव राखिएको तथा घटनाको थप आवश्यक अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया





Top