धनुषा : अवैध सामान प्रहरीले समातिए

मधेशपाटी अनलाइन     २०७८ पुष २७, मंगलवार ०७:४१ बजे मा प्रकासित



जनकपुरधाम । धनुषामा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याएको १ लाख ५४ हजार ९ सय ३० मूल्य बराबरको सामान नियन्त्रणमा लिएको छ ।

आइतबार राती जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको टोलीले जनकपुरधाम उप– महानगरपालिकावडा नम्बर ७ बस पार्कबाट सो अवैध सामानहरु नियन्त्रणमा लिएको हो ।

प्रहरीले कुर्ता सुरवाल , बच्चाले लगाउने ज्याकेट, रेडबुल, तिल ३ सय ८०किलो, राजनिवास, पलाष्टिकको झोला लगायतका सामानहरु नियन्त्रणमा लिइ भन्सार कार्यालय जनकपुरधाममा बुझाएको छ ।

प्रतिक्रिया





Top