जनकपुर: ८ लाख बराबर चाँदीकाे ब्रास्लेट गहना सहित खातीलाई समातिए

मधेशपाटी अनलाइन     २०७८ पुष २७, मंगलवार १९:०६ बजे मा प्रकासित


जनकपुरधाम । प्रदेश नम्बर २ अस्थाई राजधानी जनकपुरधामबाट प्रहरीले ८ लाख बराबरको चाँदीको सिकारी गहना सहित एकजनालाई गिरफ्तार गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. ५ शिवालयका ३० वर्षीय कुमार खातीलाई पक्राउ गरेका छन् ।

सवारी साधनहरू चेकजाँच गर्ने क्रममा प्रदेश नं. १–०२–०४५ प. ८२७ नम्बरको २२० सी.सी.को प्लसर मोटरसाईकलमा सवार रहेका खातीलाई मोटरसाईकल तथा शरीरमा खानतलाबसी गर्दा पिठयूमा बोकेको झोलामा चाँदीबाट बनेको ७ लाख ८३ हजार २९८ को गहना र १ लाख १२ हजार ६ सय रुपैया तथा ३ लाख बराबरको मोटरसाइकल प्रहरीले बरामद गरेका छन् ।

प्रहरीले ब्रास्लेट नगदार १८४ थान, वालिया २५ थान, लौकेट नगदार ८५ थान, लेडिज औठी नगदार ६८ थान, हसुलीको टुक्रा पुरानो ४ थान, सिल टुक्रा ७ थान र चाँदीका बुनिया दाना १ प्याकेट बरामद गरेको छ ।

पक्राउ परेका खातीलाई नियन्त्रणमालाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको छ भने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हाे ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५ स्थित एक युवकलाई ९ केजी ७६७ ग्राम चाँदीको गहना सहित एक जनालाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिएका छन ।

प्रतिक्रिया





Top