जनकपुरधाम। धनुषाको मिथिला नगरपालिका वडा नम्बर १० धनौजीस्थित लालगढ कुष्ठरोग अस्पतालमा कार्यरत ५० वर्षीय अर्जुन न्यौपानेले अस्तापलमै ४० वर्षीया महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको घटना अस्पताल प्रशासन, इलाका प्रहरी कार्यालय ढल्केवर र वडाध्यक्षलगायतको स्थानियहरुले गुपचुप राख्ने प्रयास गरिएको घटना बाहिरिएको छ ।
पुस २५ गते पीडितले इलाका प्रहरी कार्यालय ढल्केवरमा लिखित उजुरी गरेकी छिन् । आरोपितलाई पुस २६ गते विहान पक्राउ गरेपनि मिथिला नगरपालिकाको वडा नं. १० का वडाध्यक्ष सविन विक्रम थापालगायतका स्थानियहरुले दवावमा आरोपितलाई ढल्केवर प्रहरीले छोडेको छ । प्रहरी इन्स्पेक्टर प्रदिप सुवेदीले आरोपितलाई अनुसन्धानको क्रममा छोडेको बताए ।
पुस १८ गते साँझ लालगढ कुष्ठरोग अस्पतालमको क्यान्टिनमा कार्यरत अर्जुन न्यौपानेले दैनिक ज्यालादारीमा काम गर्ने ४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको घटना विरामी र त्यहाँ कार्यरत अन्य कर्मचारीहरुले समेत देखेको पीडित महिलाले बताइन् । तर, अस्पताल प्रशासन शाखाले घटनाबारे बाहिर बोले,जागिरबाट हटाई दिने दवावमा दिदै आएको रहस्य समेत खुलेको छ ।
घटना गाउँमै मिलाउन वडाध्यक्ष सविन विक्रम थापालगायतका स्थानियहरुले समेत प्रत्यक्ष रुपमा चलखेल गर्दै आएको छ । पीडितलाई बलात्कार प्रयास गरेको केही प्रमाण नभएको भन्दै पीडितलाई घटना मिलापत्र गराउन दवाव दिदै आएको पीडित महिलाले बताइन् ।
इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी इन्स्पेक्टर प्रदिप सुवेदीले आरोपितलाई पुस २६ गते विहान पक्राउ गरेपछि पीडितलाई घटनाबारे जानकारी लिन इलाका प्रहरी कार्यालय ढल्केवरमा विहान १० बजे बोलाइएको भएपनि दिउँसो ३ बजे पछि ४ बजे र बेलुका ४ बजेपछि पुस २७ गते प्रहरी कार्यालय आउन भन्दै पीडितलाई घर पठाइएको पीडितले बताएकी छिन् ।
बलात्कार घटनाका आरोपित र पीडितको घर एउटै ठाउँमा भएकाले गर्दा पीडित महिला असुरक्षित देखिएको स्थानिय महिला अधिकारकर्मी विना कडारीले बताइन् । पीडितले आफुलाई कानुनी न्यायको लागि अग्रसर रहेको र प्रहरीमा ठाडो उजुरी दिएको भएपनि प्रहरीले आरोपितलाई छोड्नुु कानुनको खिल्ली उडाएको महिला अधिकारकर्मीहरुको बुझाई छ । पीडित महिलाले न्यायको लागि पहल गरि दिन इन्सेक धनुषामा समेत निवेदन दिएकी छिन्
प्रतिक्रिया