राजेश सक्सेना,जनकपुरधाम । धनुषा जिल्लाको हँसपुर नगरपालिका –६ का राम मोहन मण्डललाइ हेल्प, मधेसीले सहयोग गरेको छ । आन्द्राको विरामी भई अप्रेशन गर्नुपर्ने भएपनि आर्थिक अभावले समस्या भई रहेको मण्डलको भनाई छ । मण्डलले उपचारको क्रममा भएको ३ धुर घडेरी समेत बेचि सकेको छ ।
श्रीमती र चार बच्चा सहित सुकुम्बासी भई जीवन जिउन बाध्य भएका मण्डलको बासस्थान र कपडा अभावका कारण शितलहरको समयमा जनजीवन निकै कष्टगर हुँदै गइरहेको बेला नव ज्योति युवा क्लबका अध्यक्ष जय प्रकाश मण्डलले नेतृत्वमा सहयोग गरेका हुन् ।
क्लवका अध्यक्ष मण्डलकै अथक सहयोगमा हेल्प मधेसी कतार ,साउदीका अभियानी राम उदगार यादवले बत्तीस हजार बराबरको कपडा , खाद्यान्न सामग्री , साबुन, बिस्कुटको प्याकेट र नगद ३ हजार सहयोग गरेको छ । छाक टार्न कठिन रहेको परिवार सहयोग पाए पछि हर्षित भएका छन् ।
प्रतिक्रिया