जनकपुरधाम ।रौतहटको मौलापुर बजारमा विभिन्न चोकको नामकरण गरेका छन्। पूर्वमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य प्रभु साहले गृह नगर साहको सुझावमा मौलापुर नगरपालिकाको कार्यपालिका बैठकले ऐतिहासिकता, मौलिकता र आधुनिकताको आधारमा चोकहरूको नामकरण गरेको हो।
सोही निर्णय अनुसार मंगलबार एक समारोहबीच नेता प्रभु साहको प्रमुख आतिथ्यमा विधिपूर्वक नाम सहितको बोर्डहरू ५ स्थानमा स्थापना गरिएको छ। मौलापुर पुरातात्त्विक महादेव स्थानमा अद्भूतनाथ चोकको नामले नामकरण गरिएको छ । त्यस्तै बहुप्राविधिक शिक्षालय नजिक क्याम्पस चोक, लैण्डपुलिङ भएको स्थानलाई स्मार्ट चोकलगायत महावीर चोक र हिमगिरी चोक गरि मौलापुर बजार क्षेत्रमा ५ वटा चोकको नगरप्रमुख रिनाकुमारी साहले जानकारी दिइन्।
प्रतिक्रिया