सिरहाबाट लागु औषध ब्राउन सुगरसहित ३ जनालाई गिरफ्तार

मधेशपाटी अनलाइन     २०७८ पुष २९, बिहीबार ०८:४२ बजे मा प्रकासित


सिरहा । सिरहामा लागु औषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको लहान न. पा.-१२ का २२ वर्षीय प्रशान्त चौधरी, २३ वर्षीय मिथलेश चौधरी र १९ वर्षीय साजन चौधरी रहेका छन् ।

 

लहान नगरपालिकावडा नम्बर १२ पडरिया चाेकबाट बुधबार इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा उनीहरूको साथवाट ५ग्राम ५ सय मिलिग्राम लागू औषध ब्राउन सुगर बरामद गरि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

 

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान कार्य भईरहेको जिप्रका सिरहाका सूचना अधिकारी तथा डिएसपी सुवास बुढाथोकीले मध्यान्हलाई बताए ।

प्रतिक्रिया





Top