दलित भएकै कारण जग्गा हडप्न , नदिएपछि यादवले ज्यान मार्ने प्रयास

मधेशपाटी अनलाइन     २०७८ पुष २९, बिहीबार ०८:५६ बजे मा प्रकासित


सिरहा । मधेसमा दलित समुदायलाई धाक-धम्की, डर, त्रास देखाई विभिन्न उत्पीडनमा पार्ने गरिएको पाइन्छ । सिरहकाे औरही गाउँपालिका – ५ मा गनाैरा महराले आफनै नाममा भएको जमिन जाेतभाेग गर्न पाएका छैनन् ।

 

गनाैरा महराले १० वर्षअघि नै पैसा जाेहाे गरेर ३ कठा १० धुर जमिन लिएका थिए । गनौरा महराकाे जमिन वरिपरि यादव समुदायको जमिन रहेकाे छ । गनाैरा महराले जमिन लिएदेखि नै यादव समुदायले दु:ख दिन थाले। औरही गा.पा – ५ का रविन्द्र यादवले आफुलाई पटकपटक गालिगलाैज गर्दै धाक धम्की दिँदै आएको पीडित महरा बताउँछन् ।

 

रविन्द्र यादबले गनाैरा महराकाे जमिनमा जग्गा खिचाैला मुद्दा जिल्ला अदालत सिरहामा दिएका थिए । जग्गा खिचाैला मुद्दा आफुले जितेपनि जमिनमा जाेतभाेग गर्न नदिइएकाे महराले मध्यान्हलाई बताए ।

गनाैरा महराले भने दलित हुनुको पीडा महसुुस भएकाे अनुमान दिएको हाे यादवले जवर्जस्ती हडपिरहेका छन ।कसले सुनला हमरा पीडा बताए???

महराले सिरहामा मुद्दा जितेपछि रविन्द्र यादवले उच्च अदालत राजविराजमा मुद्दा दायर गरेका छन् ।

आफ्नै जग्गा जोतभोग गर्न नपाएका महरालाई रविन्द्र यादवले ज्यान मार्ने प्रयास समेत गरेका छन् । यादवले आफ्नाे जमिनबाट घर फर्कने क्रममा माेटरसाइकलले किचेर आफूलाई मार्न खाेजेकाे समेत महराकी श्रीमती रामरती महराले बताइन् ।

 

श्रीमानको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको उनले मध्यान्हलाई बताइन् ।

 

जिल्ला प्रहरी कार्यालय सिरहामा जाहेरी दिएपनि प्रशासनले कुनै चासाे नदिएको उनको गुनासो छ ।

प्रतिक्रिया





Top