जनकपुरधाम । आफ्नै गाउका युवालाई हत्या गरी ओढारमा गाडेर आफु अपहरणमा परेको झुठो सुचना दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बैतडीको सुुर्नया गाउँपालिका–६ का हरिश अवस्थीलाई हालै जिल्ला प्रहरी कार्यालय बाँकेले राप्ती नदी किनारबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार, अवस्थीले सामाजिक सञ्जाल फेसबुकमा आफूूलाई छ जनाको समूहले अपहरण गरेर राप्ती नदी किनारमा पुर्याएको स्टाटस सार्वजनिक गरेको थियो। सोही स्टाटसका आधारमा उद्धार गरिएका अवस्थीलाई प्रहरीले सोधपुछ गर्ने क्रममा उनी अपहरणमा नपरेको खुलेपछि प्रहरीले उनीमाथि थप सोधपुछ गरेको थियो।
प्रहरीले सोधपुछ गर्दै जाँदा प्रहरीसमक्ष हरिश अवस्थीले बैतडीमा आफुले बैतडीको सुुर्नया गाउँपालिका–६ निवासी ३२ वर्षीय डम्बर अवस्थीको हत्या गरेर स्थानीय धुुलिधार जंगलको ओढारमा गाडेको जानकारी दिएका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले हरिश अवस्थीले दिएको सुचनाका आधारमा बैतडीको धुुलिधार जंगलको ओढारमा गाडिएको अवस्थामा डम्बर अवस्थीको शब फेला परेको जानकारी दिए।
प्रहरी निरीक्षक ओझाका अनुसार, गत मंसिर १४ गतेदेखि बेपत्ता रहेका डम्बर अवस्थीको खोजीका लागि उहाँको परिवारले पुस १ गते प्रहरीमा निवेदन दिएका थिए।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालतर्फ लैजादै गरेको बताउँदै प्रहरी निरीक्षक ओझाले अनुुसन्धानपछि थप कुरा खुुल्ने जानकारी दिए । डम्बरको आफैंले हत्या गरेको र घटना लुकाउन अपहरणको नाटक गरेको बताइएको छ।हत्याको कारण भने नखुलेको र अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया