शम्भु पण्डित ,जनकपुरधाम । किसान आन्दोलन गरिरहेका जनमत पार्टीले माघ ३० गते मधेस आज सबै जिल्लामा महार्याली गर्ने घोषणा गरेको छ ।
सिरहा सदरमुकाममा हुने महार्यालीकाे सम्बोधन भने जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा : सीके राउत गर्ने बुझिएको छ । महार्यालीमा सहभागी हुन जनमत पार्टी सिरहाले प्रसार प्रसारमा केन्द्रीत भएको हो ।
मधेसका अन्य जिल्लामा पनि महार्यालीकाे तयारी भइरहेको जनमतका नेताहरु बताउँछन् ।
किसानलाई समयमा सहज रुपले मलखाद उपलब्ध गराउनुपर्ने, सिँचाईको व्यवस्था वा विजुली निःशुल्क गर्नुपर्ने, किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने लगायतका ११ बुँदै माग राखेर जनमत पार्टी किसान आन्दोलन जारी राखेको छ ।
सिरहाको औरहीबाट सुरु भएको किसान आन्दोलन अहिले देशभर फैलिएको छ ।
काठमाडौंमा समेत जनमतका समर्थक र किसानहरु पटक पटक प्रदर्शन गरेका छन् ।तर किसानको माग सरकार सम्बोधन गर्न सकारात्मक देखिएको छैन ।
प्रतिक्रिया