जनतमत पार्टीकाे र्‍याली जनकपुरमा ओर्लिए, किसान आन्दोलनमा ‘कोदालो’ हलो प्रदर्शन ( तस्बिरहरु)

न्यूज डेस्क     २०७८ पुष ३०, शुक्रबार १९:३० बजे मा प्रकासित


शम्भु पण्डित ,जनकपुरधाम । जनमत पार्टीले धनुषामा किसानका समस्या समाधान गर्न माग गर्दै जनकपुरधाममा बिशाल र्‍याली निकालेको छ।

जनकपुरधामकाे रामानन्द चाेकबाट शुरु भएको र्‍याली नगर परिक्रमा जिराेमाइल मुरलि चाेकको ,भानुचाेक लगायत विभिन्न स्थान हुदै जन्कचोकमा पुगेर कोण सभा गरेको छ।

किसानका समस्या सम्बन्धी बिभिन्न ११ बुदे माग राख्दै जनमत पार्टी बिगत एक महिनादेखि आनदोलित छ। हजारौंको भन्दाबढि सङख्यामा किसानहरु सहभागि र्‍यालीमा पैसे ले मल दे, कृषि मन्त्री मुर्दाबाद, समयमा मलखाद र विउको व्यवस्था गर, किसानमाथि दमन बन्द गर, झुठा मुद्धा फिर्ता गर, गिरफ्तार आन्दोलनकारी रिहा गर लगाएतका नारा लगाउदै प्रेस जनमत संघका अध्यक्ष विपी साह जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष अबदुल खान केन्द्रिय सदस्य इन्द्रजित यादव लगाएतका नेता कर्याकर्ता रहेको थियो ।आन्दोलन समिति दिपनरायन यादव जनमत पार्टी उपाध्यक्षकाे अध्यक्षतामा रहेको बताए ।

आन्दोलनमा सहभागि किसानहरु हातमा कुटो, कोदालो, हलो, बालीनाली हातमा लिएर सहभागि भएका थिए। र्‍याली जन्कचोकमा आएर कोण सभामा परिणत भएको थियो। कोण सभालाई सम्बोधन गर्दै प्रेस जनमत संघका अध्यक्ष साहले राज्यले किसानका समस्यालाई तत्काल सम्बोधन गर्न माग गरेका छन्।

उनले भने राज्यले किसानलाई पेन्सन पट्टाको व्यवस्था गर्नु पर्नेमा जोड दिदै किसान कार्डको व्यवस्था गर्न माग गरेका छन्।

प्रतिक्रिया





Top