चलाइरहेको ट्याक्टरबाट खसेर चालकको सर्लाहीमा गयो ज्यान

मधेशपाटी अनलाइन     २०७८ माघ ३, सोमबार ११:५८ बजे मा प्रकासित


रबिन्द्र प्रजापति, माघ ०३ गते रौतहट ।

सर्लाहीमा ट्याक्टरबाट खसेर चालकको ज्यान गएको छ ।
चलाइरहेकै बेला अचानक खसेर चालक रौतहट जिल्लाको वृन्दावन नगरपालिका वडा नं. ७ धमौराका मोजाबिल मन्सुरको १८ वर्षीय छोरा आशिर मन्सुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी माधव प्रसाद बुढाथोकिले जनाएको छ ।
सर्लाहीको गोडैता नगरपालिका–४ रोहवामा आइतबार राति ११ बजे गुडिरहेको ना ७ त ५६८ नम्बरको ट्याक्टरबाट उचालक मन्सुर लडेर गम्भीर घाइते भएका थिए ।
उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मन्सुरको मृत्यु भएको डिएसपी बुढाथोकिले जनाएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया





Top