बारामा बालिकाको बलात्कारपछि हत्या, आमाछोरा पक्राउ

मधेशपाटी अनलाइन     २०७८ माघ ३, सोमबार १२:११ बजे मा प्रकासित



रबिन्द्र प्रजापति, माघ ०३ गते रौतहट ।

बारामा ९ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोमा आमाछोरा पक्राउ परेको छ । पुस २५ गते दिउँसो बाख्रा चराउन गएकी बाराको आदर्श कोतवाल गाउँपालिका ७ कोतवालीकी ९ वर्षीया रुपमाला कुमारी साहको हत्या भएको हो ।
रुपमालाको शव २ दिनपछि जमुनी खोलामा फेला परेको थियो । उनको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले छिमेक आमाछोरालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा आदर्शकोतवाल गाउँपालिका ८ कोतवालीका २० वर्षीय सन्तोष साह कानु र उनकी आमा ४० वर्षीया शान्ति देवी रहेको जिल्ला प्रहरी कार्यालय बाराका डीएसी राजेश थापाले जानकारी दिए।
उनका अनुसार बालिकाको घाटी कसी टाउकोमा समेत प्रहार गरी हत्या गरेर खोलामा फालेको खुलेको छ । अनुसन्धानका लागि कुकुर सहितको विशेषज्ञ प्रहरी टोली परिचालन गरिएको थियो।
प्रदेश नं २ प्रहरी कार्यालयबाट समेत टोली खटिएको थियो। बाख्रा चराउन गएकी बालिका खाने पानी लिन बिन्देश्वर साह कानुको कुखुरा फारम तर्फ गएको अवस्थामा हत्या गरेको प्रहरीको निस्कर्ष छ।
कुखुरा फारममा सन्तोष मात्रै रहेको खुलेको छ। पानी लिन गएको अवस्थामा आफूले हत्या गरेको सन्तोाषले प्रहरी समक्ष स्वीकार गरेका छन्। बालिकाको हत्यापछि शान्तिले प्रमाण नष्ट गरेको प्रहरीको भनाई छ।
सन्तोष र शान्तिलाई ज्यान सम्बन्धी कसूरमा अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया





Top