देशभर चिसो अझै बढ्ने,तराईका भागहरुमा बाक्लो हुस्सु र कुहिरो

मधेशपाटी अनलाइन     २०७८ माघ ४, मंगलवार ०७:३० बजे मा प्रकासित


जनकपुरधाम । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना साथै देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भागहरुमा आंशिक बदलीको अवस्था रहेको छ । तराईका धेरै स्थानहरुमा हुस्सु र कुहिरो लागि रहेको छ।

मंगलबार पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहने छ। देशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

बुधबार सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगातय अन्य प्रदेशहरुको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ र बांकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।

बिहीबार देशभर आंशिक देखी सामान्यतया बदली रहनेछ। हरेक प्रदेशका थोरै-थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

प्रतिक्रिया





Top