जनकपुरधाम । नक्कली नोट बनाउन प्रयोग हुने कागजसहित दुई जनालाई प्रहरीले गिरफ्तार गरेका छन् । पक्राउ पर्नेमा धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका १ बस्ने २३ वर्षीय असरक माेहम्मद धोबी र सोही जिल्लाको जनकपुर उपमहानगरपालिका ६ बस्ने
२६ वर्षीय मोहम्मद मुजाहिद रेजा रहेका छन् ।
जलेश्वर नगरपालिका वडा नम्बर ३ स्थित सीमा इलाकाबाट आइतबार सशस्त्र प्रहरीले नक्कली नोट बनाउन प्रयोग हुने ३३ बण्डल कागजसहित उनीहरुलाई पक्राउ गरेको हाे ।
बा २१ च ६७६१ नम्बरको कारमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा एक हजारको ६ सय वटा, पाँच सयको १८ सय वटा र एक सयको ९ सय वटा कागज फेला पारेकाे हाे ।
त्यस्तै उनीहरुकाे साथबाट एक हजारको २ वटा, पाँच सयको २ वटा र एक सयको २ वटा नेपाली नोटसमेत प्रहरीले बरामद गरेकाे छ। पक्राउ परेका दुवै जनालाई बरामद रुपैयाँ, नक्कली नोट छाप्ने कागज तथा कारसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।
प्रतिक्रिया