८ जिल्लाको मात्र मधेस नमान्ने भन्दै साँसदहरुको पुत्ला दहन

मधेशपाटी अनलाइन     २०७८ माघ ४, मंगलवार २०:१८ बजे मा प्रकासित


जनकपुरधाम । मधेस प्रदेश नाम राखेको विरोधमा जनकपुरधाममै यूवाहरुले साँसदहरुको पुत्ला दहन गरेका छन् ।

सुशील कर्णसहितका केहि यूवाहरुले मधेस प्रदेश मान्दैनौं भन्दै साँसदहरुको पुत्ला दहन गरेका हुन् । उनीहरुले ८ जिल्लाको मधेस नमान्ने भन्दै पहिचानसहितको मिथिला भोजपुरा नाम राख्नुपर्ने माग गरेका छन् ।

हिजो मात्र प्रदेशसभाबाट प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम तोकिएको छ । सो अवसरमा आज मधेस सरकारले सार्वजनिक विदा समेत दिएको हो ।

प्रदेशको नाम मधेस र राजधानी जनकपुधाम भएको खुशियालीमा हिजो साँझ जनकपुरधाममा जसपा, माओवादी र लोसपा नेता कार्यकर्ता तथा यूवाहरुले दिपावली गरेका थिए ।

प्रतिक्रिया





Top