धनुषामा खेतिको तयारी सामग्रीमा अज्ञातले आगजनी

न्यूज डेस्क     २०७८ माघ ७, शुक्रबार ०८:०८ बजे मा प्रकासित


जनकपुरधाम । धनुषा जिल्लाको सबैला नगरपालिकामा साहले च्याउ खेतिका लागि तयार गरिएको सामग्रीमा बुधबार राति अज्ञात व्यक्तिले आगजनी गरिदिएको छ ।

सबैला नपा वडा नम्बर २ का विनोद साहले दुई वर्ष अगाडिदेखि गाउँमै च्याउ खेति गर्न थालेका थिए । आसमान नेपालको सहयोगमा बेमौसमी तरकारी खेति गर्न गाउँमै तालिम पाएपछि साहले थालेको च्याउ खेतिमा भर्ख रमाउन थालेका थिए । सुरुमा थालेको खेतिको दायरा बढाउन यस वर्ष करिब पाँच विघाको पराल किनेर च्याउ खेति विस्तार गर्ने तयारीमा थिए । सोही तयार सामग्रीमा गएराति आगजनी गरिदिएको उनले बताए ।

पराल लगायत च्याउको बिउ, मल, पोलिथिन लगायत सामग्री जलेर नष्ट भएको छ । बैंकबाट ८० हजार रुपैयाँ ऋण लिएर च्याउ खेति विस्तार गर्ने योजनामा रहेको विनोदले तयार गरेको करिब ५० हजार रुपैयाँको सामग्री जलेर नष्ट भएको बताए । तत्काल घटनास्थलमा प्रहरी पुगेर वारुण यन्त्र मगाएपछि फलिरहेको च्याउको प्लान्ट जोगिएको छ । घटनास्थलमा आगो सल्किने कुनै सम्भावना नरहेको भन्दै साहले कसैले ईष्र्या गरेर आगजनी गरेको हुन सक्ने आशंका व्यक्त गरे ।

प्रतिक्रिया





Top