मधेशको राजधानीमा मास्क नलगाउनेलाई १०० रूपैयाँ जरिवाना

मधेशपाटी अनलाइन     २०७८ माघ ८, शनिबार ०७:३९ बजे मा प्रकासित


जनकपुरधाम । कोरोनाको संक्रमण धनुषासहित मधेस प्रदेशका विभिन्न जिल्लामा बढे पनि मास्क लगाउनेको सङ्ख्यामा कमी भएपछि जनकपुरधाम उद्योग वाणिज्य सङ्घको अगुवाइमा निःशुल्क मास्क वितरण आजदेखि शुरु भएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको नेतृत्वमा भएको टोलीले जनकपुरधामको जनक चौक सहितका स्थानमा मास्क वितरण गरेको र अभियान भोलिसम्म चल्ने संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिनुभयो ।

अभियान भोलिसम्म विभिन्न भागमा चल्ने र त्यसपछि पनि मास्क नलगाएको पाइए १ सय रुपैयाँ जरिवाना गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया





Top