धनुषा: मालपोत कार्यालयमा अब तालिका अनुसार सेवा, कुन गाउँको पालो कहिले ?हेर्नुहोस्

मधेशपाटी अनलाइन     २०७८ माघ ९, आईतवार ०८:२१ बजे मा प्रकासित



जनकपुरधाम । भूमि सुधार तथा मालपोत कार्यालय जनकपुरजमा पुनः गत वर्ष झैँ आलोपालो प्रणाली लागु गरिने भएको छन ।

कोरोनाको तेस्रो लहरको कारण भूमि सुधार तथा मालपोत कार्यालय जनकपुरधामले एक सूचना जारी गर्दै साताको ६ दिन विभिन्न स्थानीय तहलाई आलोपालो प्रणालीमा सेवा प्रवाह हुने जनाएको छ ।

मालपोत कार्यालय धनुषाले सेवामा सिन्डीकेट लगाउँदै विभिन्न दिनमा सेवा प्रदान गरिने भएको छ । मालपोत कार्यालय धनुषाले एक सूचना जारी गरी धनुषाको १७ वटै स्थानीय तहको सेवा दिन अनुसार दिने भएको छ ।

सो अनुसार प्रत्येक आईतबार र सोमबार जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. १ देखि वडा नम्बर २५ सम्मलाई सेवा दिने भएको छ । सो क्रममा वडा नं. १, २, ३, ४, ५,६,७, वडा नं.१७ कनकपट्टि, वडा नं. २१, २३, २५ र २५ वडासम्मको मात्र सेवा दिने भएको छ ।

वडा नम्बर १७ को कनकपट्टि, वडा नं. २१ को कुर्था, २३ को विन्धी, २४ को बसहिया र २५ को लोहनावासीलाई मात्र मालपोत कार्यालयमा सेवा दिने भएको छ ।

सोही दिन धनुषाको सबैला नगरपालिका, नगराईन नगरपालिका, मिथिलाबिहारी नगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, धनुषाधाम नगरपालिका र गणेशमान चारनाथ नगरपालिकाभित्रका सेवाग्राहीहरुलाई मात्र सेवा दिने भएको छ ।

जारी गरिएको सूचनामा मँगलबार र बुधबार जनकपुरधाम उपमहानगरपालिकाको वडा नं ८,९,१०, ११, १२, १३, १४ र १८ (क,महुवा), १९ बेँगाशिवपुर, वडा नम्बर २० देवपुरा रुपैठासम्मलाई सेवा प्रदान गरिने छ ।

सोही दिन मिथिला नगरपालिका, जनकनन्दिनी गाउँपालिका, मुखियापट्टि मुसरनीया गाउँपालिका, हँसपुर नगरपालिका, बटेश्वर गाउँपालिका र लक्ष्मीनियाँ गाउँपालिकाको सेवाग्राहीलाई सेवा दिने कार्यालयले जनाएको छ ।

कोरोना भाइरसको तेस्रो लहर पनि पिकअपमा रहेको बेला कार्यालय हाताभित्र आउने सेवाग्राहीलाई मास्क र सेनिटाईजर अनिवार्य गरिएको जनाउँदै दिन अनुसार सेवा प्रवाह गरी भीडभाड कम गर्न सकिने जनाएको छ ।

यस्तै, साताको विहिबार र शुक्रबार धनुषाको औरही गाउँपालिका, जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. १५ देखि १६ सम्मको , शहिदनगर नगरपालिका, विदेह नगरपालिका, कमला नगरपालिका र धनौजी गाउँपालिकालाई सेवा दिने भएको छ ।

तोकिएको दिन बाहेकको कुनै पनि स्थानीय तहको सेवाग्राही मालपोत कार्यालयमा जाँदा सेवा प्रवाह नहुने पनि जनाएको छ । सो कार्यालयमा मुद्दा र नामसारी जस्ता कार्यहरु साबिककै अनुसार हुने जनाइएको छ ।

आलोपालो प्रणाली भोली आईतबारदेखि लागू हुने कार्यालय प्रमुख सुनिल कुमार झाले जनाएका छन् । कार्यालयमा अधिक भीड नियन्त्रणको लागि आलोपालो तरिका अपनाएको बताएका छन् ।

प्रतिक्रिया





Top